विश्वकपमा आज तीन रोमाञ्चक भिडन्त : फ्रान्स–सेनेगल, इराक–नर्वे र अर्जेन्टिना–अल्जेरिया आमनेसामने
canadanepal.com · Tue Jun 16 14:05:00 GMT 2026
काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार हुने तीन महत्वपूर्ण खेलप्रति विश्व फुटबल समर्थकहरूको विशेष चासो देखिएको छ। आज फ्रान्सले सेनेगलसँग, इराकले नर्वेसँग तथा अर्जेन्टिनाले अल्जेरियासँग प्रतिस्पर्धा गर्दैछन्।
राति १२ः४५ बजे हुने फ्रान्स र सेनेगलबीचको खेललाई दिनकै सबैभन्दा आकर्षक भिडन्तका रूपमा हेरिएको छ। स्टार खेलाडीहरूले भरिएको फ्रान्सेली टोलीमा किलियन एम्बाप्पे, ओस्मान डेम्बेले र माइकल ओलिसे रहेका छन्। यता, सेनेगलले साडियो माने, इस्माइला सार र इलिमान एनदियाएको साथमा बलियो चुनौती प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। सन् २००२ को विश्वकपमा सेनेगलले फ्रान्सलाई पराजित गरेको ऐतिहासिक पृष्ठभूमिका कारण पनि यो खेल थप रोचक बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)