कांग्रेसको महाधिवेशन कार्यतालिका संशोधन, सदस्यतामा विधानको व्यवस्था निलम्बन
nepalnews.com · Tue Sep 08 13:15:37 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पन्ध्रौँ महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। संयोजक प्रेमबहादुर खड्काको नेतृत्वमा मंगलबार बसेको समितिको बैठकले केन्द्रीय महाधिवेशन नसर्ने गरी तल्लो तहका समितिहरूको अधिवेशनको कार्यतालिका संशोधन गरेको हो।
प्रवक्ता देवराज चालिसेका अनुसार यसअघि २४ भदौमा गर्ने भनिएको वडा अधिवेशन अब ३ र ४ असोजमा हुने छ। उक्त दिन ६ हजार ७४३ वडामै अधिवेशन, वडा कार्यसमितिको निर्वाचन र क्षेत्रीय प्रतिनिधि चयन हुने छ। यसपछि गाउँ र नगर अधिवेशन ७ असोजमा सारिएको छ। प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १० असोजमा गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)