एसपीलाई धम्क्याएको आरोपमा अशोक यादव पक्राउ
rajdhanidaily.com · Tue Sep 08 13:18:54 GMT 2026

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुखलाई धम्की दिएको आरोपमा अशोक यादव पक्राउ परेका छन् । तत्कालीन प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई धम्क्याएको तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आधारमा यादवलाई पक्राउ गरिएको हो।
यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपी खड्कालाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)