cc
barnanmedia.com · Tue Sep 08 13:16:46 GMT 2026

काठमाडौँ, २२ भदौ : देशका सुशासन प्रवर्द्धन र भ्रष्टाचार विरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते नयाँ बानेश्वरमा भएकोे जेनजी आन्दोलनका सहिद योगेन्द्र न्यौपाने (रोशन)को शालिक अनावरण गरिएको छ ।
उहाँको जन्मथलो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ च्याकुटारवेसीस्थित सुनकोशी किनारको उकास जग्गामा निर्माण गरिएको शालिकको गाउँपालिका अध्यक्ष शङ्करराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले आज अनावरण गर्नुभएको हो । सोही कार्यक्रममा त्यहाँ निर्माण गरिएको सहिद स्मृति पार्कको उद्घाटन गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)