बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण
barnanmedia.com · Tue Jul 07 23:48:06 GMT 2026

कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई मङ्गलबार आधुनिक कृषि उपकरण वितरण गरेको छ ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले कृषक, कृषक समूह तथा कृषि फार्मलाई १८२ थान यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो । कार्यक्रमका लागि नगरपालिका र लाभग्राही किसानले समान रु ४२ लाख बराबरको लगानी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)