बाढी प्रभावित विद्यालयको स्थलगत अनुगमनमा शिक्षामन्त्री पोखरेल
gorkhapatraonline.com · Tue Sep 08 13:28:55 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न घटनास्थलमा जानुभएको छ । मन्त्री पोखरेलसहितको टोलीले मङ्गलबारनुवाकोटका विभिन्न शैक्षिक संस्था तथा पूर्वाधारको स्थलगत अनुगमन गर्नुभएको हो ।
भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका क्रममा मन्त्री पोखरेलले विद्यालय भवन, शैक्षिक पूर्वाधार तथा विद्यार्थीको शैक्षिक अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले प्रभावित क्षेत्रमा स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रियासमेत गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)