भोटेकोशी बाढीमा बुवा बेपत्ता, ११ वर्षीया खुस्बुले गरिन् किरिया
annapurnapost.com · Tue Sep 08 13:20:18 GMT 2026

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ की ११ वर्षीया खुश्बु कार्कीले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका बुवा पदम कार्कीको किरिया गरेकी छिन्।
विद्यालय जाने उमेरमा बुवाको किरिया बसेकी खुस्बुले दाजुभाई नरहेको र १४ वर्षीया दिदीको स्वास्थ्य ठीक नभएका कारण आपूmले किरिया बसेको बताईन्। हेलम्बुको मेलम्चीघ्याङ माविमा कक्षा ६ मा अध्ययनरत उनले बुवा बाढीमा बेपत्ता भएको खबर पाए पछि विद्यालय छोडेर घर आएको बताईन्। ‘मैले बाढी गएको शिक्षकहरुबाट ११ गते थाहा पाएँ, उहाँहरुबाटै मेरो बुवा पनि बेपत्ता हुनुभएको छ भन्ने थाहा पाएँ र घर आएँ,’ उनले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)