मधेस प्रदेशका पूर्वसांसद यादव पक्राउ
ratopati.com · Tue Sep 08 13:31:20 GMT 2026

काठमाडौँ। प्रहरीले मधेस प्रदेशका पूर्वसांसद अशोक यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार उनलाई हरिसिद्धिबाट पक्राउ गरेको हो। प्रहरीलाई धम्क्याएकाे उनीमाथि आरोप छ ।
यादव २०७४ मा मधेसी जनअधिकार फोरमको तर्फबाट प्रदेशसभा सदस्य थिए । अहिले उनी नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन् । जेठ २५ मा राति ९ बजेतिर यादवको स्वामित्वमा रहेको ज. १ त.२५५० नम्बरको ट्याक्टरले रोकेर राखेको ना.६ख. ७६२३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)