जेनजी सहिद र घाइतेको अपमान महसुस भयो : रास्वपा सचेतक धिताल
baahrakhari.com · Tue Sep 08 13:30:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले सरकारबाट जेनजी सहित र घाइतेको अपमान महसुस भएको टिप्पणी गरेकी छिन् ।
जेनजी आन्दोलनको एक वर्षको अवसरमा सहिदहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ र विवादित पात्रसँगै देखिएपछि सहिद र घाइतेको अपमान महसुस भएको उनको भनाइ छ । ''मलाई थाहा छैन त्यो स्टेज कसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो ? मलाई कताकता लाग्यो हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ,'' उनले उल्लेख गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)