चौथो चरणमा चाइनबाट ढुवानी उपकरण, प्रकाशका सामग्री र शव व्यवस्थापनमा प्रयोग हुने राहत आयो
rajdhanidaily.com · Tue Sep 08 13:37:25 GMT 2026

काठमाडौं । चीनले नेपालका बाढी तथा पहिरो प्रभावितका लागि चौथो चरणको आपत्कालीन राहत सामग्री पठाएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङका अनुसार राहत सामग्री मंगलबार पठाइएको हो । उक्त सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको छ ।
राहत सामग्रीमा उद्धार तथा ढुवानीका उपकरण, प्रकाशका सामग्री र शव व्यवस्थापनमा प्रयोग हुने सामग्रीलगायत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)