बाढी प्रभावित क्षेत्रमा टेलिकमको काममा तिव्रता
gorkhapatraonline.com · Fri Aug 28 10:55:38 GMT 2026

नेपाल टेलिकमले वाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको सेवा पुनः सञ्चालनमा तिव्रता दिएको छ। बिहीबार हेलिकप्टरबाट कर्मचारीहरु परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका –६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको छ।
त्यस्तै, आज विहानदेखि नेपाल टलिकमका प्राविधिकहरु रसुवा, नुवाकोट, धादिङ जिल्लाको बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन हुन बाँकी रहेका स्थानहरुमा सेवा सञ्चालन गर्न र सञ्चालनमा आइसकेका टावरहरुलाई थप भरपर्दो बनाउन निरन्तर कार्यक्षेत्रमा जनशक्ति खटिइएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)