माइतीघरमा युवतीको आत्मदाह प्रयास, प्रहरीले गर्यो उद्धार
kendrabindu.com · Tue Sep 08 14:02:54 GMT 2026

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा एक युवतीले आत्मदाहको प्रयास गरेकी छन् । मंगलबार साँझ गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले प्रज्वलनशील पदार्थ शरीरमा खन्याएर आगो लगाएकी हुन् ।
आगो लगाएको देखेपछि तत्काल उद्धार गरी उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)