कोलम्बियालाई पेनाल्टी सुटआउटमा जित्दै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा
kendrabindu.com · Wed Jul 08 00:40:22 GMT 2026
काठमाडौं । स्विट्जरल्यान्डले विश्वकप २०२६ मा बुधबार कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । भ्यान्कुभरमा निर्धारित र अतिरिक्त समयको खेलमा दुवै टिम गोल गर्न असफल रहेपछि खेल टाइब्रेकरमा गएको हो ।
विजयी टिमका लागि ग्रेनिट जाका, जेकी आामडोनी, सेडरिक इटेन र रुबेन भारगासले पेनाल्टीमा गोल गरे । कोलम्बियाका लागि जुवान क्विन्टेरो, जामिन्टन काम्पाज र लुइस डियाजले मात्र गोल गरे । उसका लागि डाभिनसन सान्चेज र कुचो हर्नान्डेज पेनाल्टीमा चुके ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)