जेनजी घाइते भन्छन्, ‘सुशासनयुक्त नेपाल हेर्न चाहन्छौँ’
gorkhapatraonline.com · Tue Sep 08 14:15:05 GMT 2026

गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालको सूचनामार्फत जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो २६ वर्षीय मदन कार्की । अहिले उहाँको बायाँ हात राम्रोसँग चल्दैन । त्यो बेला बायाँ हातको काखीमुनि गोली लागेकोले उहाँ घाइते अवस्थामा हुनुहुन्छ।
२०८२ भदौ २३ गतेको घटना सम्झिदै उहाँले भन्नुभयो, “त्यो दिन बानेश्वर संसद भवन परिसरमा आन्दोलन चर्किदै गयो र भिड थाम्न नसक्ने स्थिति भयो । केही अराजक तत्वहरुले भिड तोडे । ढुङ्गा–मुढा नगर ! भन्दा भन्दै पुलिसले अश्रु ग्याँस हान्न थाले । लगभग साढे १ बजेतिर बायाँ हातको काखीमुनिको नसामा मलाई गोली लाग्यो ।” जेनजी आन्दोलनमा घाइते भएकाहरु यतिबेला पीडादायी अवस्थाबाट गुज्रनुपरेको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)