व्यवसायीलाई आपूर्ति प्रणाली नियमित र मूल्य स्थिर राख्न महासंघको अपिल
baahrakhari.com · Thu Aug 27 08:17:27 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशभरका व्यवसायीहरूलाई राहत र उद्धारमा जुट्न अपिल गरेको छ । महासंघले बिहीबार विज्ञप्तिमार्फत राष्ट्रिय विपद्को घडीमा मातहतका सम्पूर्ण जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र देशभरका उद्योगी–व्यवसायीहरूलाई सक्रिय हुन अपिल गरेको छ ।
स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गरी तत्काल उद्धार तथा राहत कार्यमा जुट्न महासंघले सबैलाई आग्रह गरेको छ । प्रभावित परिवारहरूका लागि सम्भव भएसम्म खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा र अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन गरी सुरक्षित रूपमा पुर्याउन निजी क्षेत्रको सम्पूर्ण सामथ्र्य परिचालन गर्न महासंघले जोड दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)