एडीबीद्वारा नेपाललाई थप साढे ३ खर्ब सहयोग गर्ने घोषणा
annapurnapost.com · Wed Jul 08 01:05:33 GMT 2026

काठमाडौं : एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले नेपालको आर्थिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि सहयोगलाई अझै सघन बनाउने प्रतिबद्धता जनाएका छन्। नेपाल भ्रमणमा रहेका अध्यक्ष कान्दाले प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी एडीबी र नेपालबीचको ६० वर्षे साझेदारीलाई थप बलियो बनाउने बताए।
सन् २०२९ सम्ममा एडीबीले नेपाललाई थप २ अर्ब ४० करोड अमेरिकी डलर (करिब ३ खर्ब ६५ अर्ब रुपैयाँ) सहयोग पुर्याउने घोषणा गरेको छ। यो वर्ष मात्रै एडीबीको सहयोग ६६ करोड डलर (करिब १ खर्ब रुपैयाँ) पुग्ने अपेक्षा छ। भ्रमणकै क्रममा नेपाल र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) को सहयोग सम्झौतामा हस्ताक्षर भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)