ठूला विद्युतीय सवारीमा कर्जा मुल्य अनुपात सहजीकरण गरिने
kendrabindu.com · Wed Jul 08 01:21:05 GMT 2026

काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक सवारीका रूपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण गर्ने नीति लिएको छ । गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको बुँदा नं. २० मा सार्वजनिक सवारीका रूपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण हुने गरी विशेष नीतिगत व्यवस्था गरिने उल्लेख छ । उक्त बुँदामा विद्युतीय सवारीसाधन मात्र नभई अन्य क्षेत्रलाई समेत समेटिएको छ ।
राष्ट्र बैंकका अनुसार हाल विद्युतीय सवारीलगायत सबै खाले सवारीमा कर्जा मूल्य अनुपात ६० प्रतिशत छ । ठूला विद्युतीय सवारीका हकमा यो सीमा बढाएर ७० प्रतिशत वा त्यसभन्दा बढी बनाउने तयारी राष्ट्र बैंकको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)