श्रम संस्कृति पार्टीमा जान लागेपछि अध्यक्षसहित चार जनालाई स्पष्टीकरण
ratopati.com · Tue Sep 08 14:57:17 GMT 2026

विराटनगर । पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भोजपुरले रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईसहित चार जनप्रतिनिधिलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, भोजपुर नगरपालिका–१ का वडाध्यक्ष जिरामणि राई, टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज राई र षडानन्द नगरपालिका–३ का वडाध्यक्ष साङ्देम्बा राईलाई स्पष्टीकरण सोधिएको हो । उनीहरूलाई पार्टी जिल्ला कमिटीले स्पष्टीकरण सोधेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)