एनभीएलमा काठमाडौँ रेड्सकाे दोस्रो जित
ratopati.com · Tue Sep 08 15:00:25 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)मा काठमाडौँ रेड्सले दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार भएको दोस्रो खेलमा काठमाडौँले सगरमाथा स्म्यासर्सलाई ३-१ काे सेटमा हरायो ।
काठमाडौँ २५-१२, २२-२५, २५-१८ र २५-२० काे सेटमा विजयी भयाे । यसअघि आजै भएकाे पहिलो खेलमा मधेस वारियर्सले पहिलो जित दर्ता गरेको छ । मधेसले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा हरायो । मधेस २५–२१, २५–२० र २५–२३ को सेटमा विजयी भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)