कतारमा आप्रवासी श्रमिकलाई सर्तसहितको कानुनी हड्तालको अधिकार
kendrabindu.com · Wed Jul 08 01:36:14 GMT 2026

काठमाडौं । कतारले आप्रवासी श्रमिकलाई सर्तसहितको कानुनी हड्ताल गर्ने अधिकार दिएको छ । अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम ६ कार्यदिनसम्म मात्रै हडताल गर्न पाउनेछन् । त्यस्तो हड्ताल कार्यस्थल वा श्रमिक आवास क्षेत्रमा मात्र गर्न पाइनेछ ।
कतारले सन् २००४ को श्रम कानुन (कानुन नम्बर १४) मा संशोधन गरी कानुन नम्बर ९ जारी गर्दै यस्तो व्य वस्था गरेको हो । रोजगारदाताले श्रम करारसँग सम्बन्धित कानुनी दायित्व उल्लंघन गरेको र आपसी सहमति वा मेलमिलाप र मध्यस्थता प्रक्रियाबाट विवाद समाधान हुन नसकेको अवस्थामा मात्रै श्रमिकले हड्ताल गर्न पाइने भएको हो । हड्ताल अवधिको तलब भने पाइने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)