धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
nepalnews.com · Wed Jul 08 01:41:21 GMT 2026

धरान (सुनसरी) । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् ।
नयाँ उद्योग थपिएसँगै करिब रु ३५ करोड बराबरको स्वदेशी लगानी भित्रिएको छ । ती उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले राससलाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)