पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
himalpress.com · Wed Jul 08 01:41:43 GMT 2026

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत ब्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो।
सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट दग्नाम गाउँको फेदी, कान्छीगाउँको फेदी पानाकोट र कुम्माखोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले बताए । ‘भिरालो पाखामा रहेको दग्नाम गाउँ पहिरो र कम्माखोलाको कटान जोखिममा परेको थियो”, उनले भने, “ग्यावियन पर्खाल र तटबन्ध गरेपछि पहिरो, बाढी र कटानको जोखिममा घटेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)