युरोपमा भीषण गर्मीको कहरः एक सातामै २० हजारभन्दा बढीको मृत्यु भएको प्रारम्भिक अनुमान
barnanmedia.com · Wed Jul 08 01:34:31 GMT 2026

युरोपमा हालैको भीषण गर्मीको लहरका कारण करिब २० हजारभन्दा बढी मानिसको ज्यान गएको एक प्रारम्भिक अध्ययनले देखाएको छ। अध्ययनअनुसार जुन २२ देखि २८ सम्मको एक सातामा मात्रै अत्यधिक तापक्रमका कारण करिब २०,३९० जनाको मृत्यु भएको अनुमान गरिएको छ।
सबैभन्दा बढी असर फ्रान्स र बेल्जियममा देखिएको छ। फ्रान्समा जुनको अन्तिम सातामा मृत्यु संख्या अघिल्लो साताको तुलनामा करिब २९ प्रतिशत बढेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। प्रारम्भिक तथ्यांकअनुसार उक्त अवधिमा करिब २,०२५ अतिरिक्त मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)