बाढीले बगायो ३२ पुलः तर सात ब्रिज मात्रै स्टकमा, यातायात सेवा सञ्चालनमा चुनौती
corporatenepal.com · Fri Aug 28 11:00:44 GMT 2026

काठमाडौं । बुधबार रसुवामा आकस्मिक र विनाशकारी रुपमा आएको बाढीले भोटकोशी र त्रिशुलीका गरेर ३५ पुल क्षतिग्रस्त हुँदा सरकारसँग भने सात वटा मात्रै बेलीब्रीज स्टक छ । त्यसमा पनि ५०–५० मिटरको बेलीब्रीज मात्रै स्टकमा रहेको सडक बिभागका एक अधिकारीले बताए ।
पक्की पुल बन्न बर्षाै लाग्छ । तर, आवश्यक फाउन्डेशन तयार भएपछि बेलीब्रीजलाई १०–१५ दिनमै जडान गरेर सञ्चालन गर्न सकिन्छ । यद्यपि, लागत बढी पर्ने भएकाले सडकमा नियमित रुपमा पक्की पुल नै प्रयोग गरिन्छ । तर, बाढी पहिरो पक्की पुल बगाएको अवस्थामा बेलीब्रीज जडान गरेर तत्काल यातायात सेवा सञ्चालन गर्न सकिन्छ । त्यसले गर्दा बेलीब्रीजको महत्व धेरै छ । तर, रसुवाको बाढीले ३५ पुल क्षतिग्रस्त गराउँदा सरकारसँग बेलीब्रीज भने नगण्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)