म्याग्दीको दग्नाममा तीन करोडको बस्ती संरक्षण योजना, पहिरो र नदी कटानको जोखिम घट्यो
shilapatra.com · Wed Jul 08 01:51:00 GMT 2026

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत ब्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो ।
संघीय सरकारले विनियोजन गरेको तीन करोड रुपैयाँ बजेटबाट दग्नाम गाउँको फेदी, कान्छीगाउँको फेदी पानाकोट र कुम्माखोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगंगा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले बताए । ‘भिरालो पाखामा रहेको दग्नाम गाउँ पहिरो र कम्माखोलाको कटान जोखिममा परेको थियो’, उनले भने, ‘ग्यावियन पर्खाल र तटबन्ध गरेपछि पहिरो, बाढी र कटानको जोखिममा घटेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)