काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
ratopati.com · Wed Jul 08 02:08:22 GMT 2026

काभ्रे । काभ्रेपलान्चोकको रोशी गाउँपालिका–९ मंगलटारस्थित इलाका प्रहरी कार्यालय मंगलटार अगाडिको प्रहरी चेकपोस्टमा गरिएको सवारी साधन जाँचका क्रममा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।
असार २३ गते साँझ करिब ५ बजे प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले बर्दिबासबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको इलेक्ट्रिक कार शङ्कास्पद देखिएपछि जाँच गरेको थियो । जाँचका क्रममा उक्त कारमा सवार पाँच जनामध्ये दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–७ बस्ने २० वर्षीया रितु जैसीले कम्मरमा बाँधेको ज्याकेटको बायाँ गोजीबाट प्लास्टिकसहित ६०.०६ ग्राम तथा प्लास्टिकबाहेक ५६.७५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)