कर्जा सहजीकरणमा लचिलो, ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य
annapurnapost.com · Wed Jul 08 02:07:48 GMT 2026

काठमाडौं : नेपाल राष्ट्र बैंकले यसपटक विगतको परम्परा तोड्दै केवल ४ पानाको संक्षिप्त मौद्रिक नीति सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिले ५.५ प्रतिशतभित्र मुद्रास्फीति कायम राख्दै ७ प्रतिशतको आर्थिक वृद्धिलाई सहयोग गर्ने लक्ष्य राखेको छ।
मौद्रिक नीतिमा कर्जाग्राहीलाई व्यक्तिगत जमानीको असीमित दायित्वबाट मुक्त गर्ने, चेक अनादर (चेक बाउन्स) का कारण हुने कालोसूचीको व्यवस्थालाई खुकुलो बनाउने तथा रुग्ण उद्योगको निष्क्रिय कर्जा व्यवस्थापन गर्ने जस्ता सकारात्मक व्यवस्थाहरू गरिएका छन्। समग्रमा, यस नीतिले विगतको ‘सजगतापूर्वक लचिलो’ कार्यदिशालाई नै निरन्तरता दिएको छ। तर, अर्थशास्त्रीहरूले भने यस नीतिले उच्च आर्थिक वृद्धि र रोजगारी विस्तारमा उल्लेखनीय योगदान पुर्याउन सक्नेमा शंका व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)