खोकना विवाद थाती राखेर फर्सीडोल-डुकुछापमा पुल बनाउन डीपीआर संशोधन गरिँदै
kendrabindu.com · Wed Jul 08 02:23:07 GMT 2026

काठमाडौं । तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को सुरु विन्दु ललितपुरस्थित खोकनाको ३.३ किलोमिटरको विवाद थाती राखेर फर्सीडोल–डुकुछाप खण्डतर्फ काम अघि बढाउने तयारी गरिएको छ । उक्त खण्डको ३.२ किमिमा सुरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरेर दुईवटा पक्की पुल बनाउन लागिएको हो ।
लामो समयसम्म खोकना खण्डको ६.५ किमिमा काम अघि बढ्न नसकेपछि उक्त क्षेत्रको समस्या पछि समाधान गर्ने भन्दै फर्सीडोलतर्फको काम अघि बढाउन लागिएको हो । उक्त क्षेत्रमा काम अघि बढाउन रक्षा मन्त्रालयमा रहेको डीपीआर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाएर त्यहाँबाट निर्णय गराउनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)