कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह
rajdhanidaily.com · Tue Sep 08 15:56:41 GMT 2026

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्रब ११ स्थित किम्रोङ खोला थुनिएको छ । पहिरोका कारण साँझ करिब ६ बजेदेखि खोला थुनिएर पानीको बहावमा अवरुद्धसँगै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले खोला थुनिएपछि किम्रोङखोला तथा मोदीखोला तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन सूचना जारी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)