सुनसरीमा पेस्तोल र गोलीसहित दुई जना नियन्त्रणमा
himalpress.com · Wed Jul 08 02:36:10 GMT 2026

इटहरी- सुनसरीको गढी गाउँपालिका १ मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराति करिब १ः२० बजेतिर अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका दुई जनालाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा विराटनगर महानगरपालिका–१७ रानी बस्ती बस्ने अन्दाजी ५१ वर्षीय नुर महोमदको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)