बाढी प्रभावित नागरिकलाई कांग्रेस तरुण दल सिन्धुपाल्चोकले गर्याे आर्थिक सहयाेग
reportersnepal.com · Fri Aug 28 11:14:35 GMT 2026

काठमाडौँ । गत भदौ १० गते बिहान रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको लागि नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल, जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आर्थिक सहयोग गरेको छ ।
तरुण दलले आन्तरिक रूपमा संकलन गरिएको रकम ८०,७०० रुपैँया सहयोग रकम नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालालाई आज हरुतान्तरण गरिएको हो । सहयोग रकम तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सञ्जय लामा हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)