जेनजी सहिद परिवार र घाइतेलाई स्थानीय तहमा रोजगारीको पहिलो प्राथमिकता
baahrakhari.com · Fri Aug 28 11:10:44 GMT 2026

काठमाडौं । जेनजी सहिद परिवारका सदस्य तथा घाइतेलाई सरकारी निकायहरूमा करार सेवामा पहिलो प्राथमिकतामा राख्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकामा परिपत्र गरेको छ ।
नगरपालिका र गाउँपालिकाले जेनजी सहिद परिवारका सदस्य तथा घाइतेको परिचयपत्रलाई आधार बनाएर अनिवार्य कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । मन्त्रालयका शाखा अधिकृत प्रकास पन्थीका नामबाट बिहीबार (भदौ ११) मा स्थानीय तहमा परिपत्र गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)