क्षेत्राधिकारमाथी प्रश्न उठाउँदै संविधान संशोधन बहसपत्र कार्यदलबाट बाहिरिए चार दल
kendrabindu.com · Wed Jul 08 03:55:03 GMT 2026

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन्। एमालेबाट तोकिएका प्रतिनिधि सुरुदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन्। कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरुङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य थिए। उनीहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असिम शाहलाई ६ बुँदे असहमतिपत्र बुझाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)