एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
ratopati.com · Tue Sep 08 17:31:57 GMT 2026

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीस्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ । तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा रु एक करोड २० लाखको लाखतमा उक्त भवन निर्माण गर्न लागिएको हो ।
आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत शौचालय सुविधासहितको छ तले विद्यालय भवन निर्माणका लागि हालै निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । दमौलीस्थित बेलु निर्माण सेवासँग मूल्य अभिवृद्धि कर सहित रु एक करोड २० लाख ६८ हजार ७२३ को लागतमा सम्झौता भएको छ । उक्त भवन १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने अवधि तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)