टर्कीलाई एफ–३५ बेच्ने ट्रम्पको योजनाप्रति नेतान्याहुको आपत्ति
nepalviews.com · Wed Jul 08 04:11:54 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई अत्याधुनिक एफ–३५ स्टिल्थ फाइटर जेट बिक्री गर्नेबारे विचार गरिरहेको बताएको केही घण्टाभित्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त्यसप्रति आपत्ति जनाएका छन्। सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा नेतान्याहुले अमेरिकाको यो सम्भावित कदमले मध्यपूर्वको शक्ति सन्तुलन बिगार्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्री नेतान्याहुले टर्की अमेरिकाको भरपर्दो सहयोगी राष्ट्र नभएको उल्लेख गरे । उनले टर्की प्रशासन 'मुस्लिम ब्रदरहुड' को विचारधाराबाट ग्रसित रहेको र उसले अमेरिकालाई घृणा गर्ने आरोप लगाए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको कडा आलोचना गर्दै उनले टर्कीले इजरायललाई ध्वस्त पार्ने धम्की दिइरहेको अवस्थामा उक्त विमान उपलब्ध गराउनु आक्रामकतालाई थप प्रोत्साहन हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)