कांग्रेस इतर पक्षका नेताको दबाब : ‘एकता नभए नयाँ पार्टी बनाऔं’
annapurnapost.com · Wed Jul 08 04:15:17 GMT 2026

काठमाडौं : पार्टी एकता सम्भव नभए वैकल्पिक शक्ति वा नयाँ संगठन बनाउनुपर्ने आवाज कांग्रेसको संस्थापन इतर पक्षमा बलियो बन्दै गएको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार बसेको १४औं महाधिवेशनबाट निर्वाचित उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा अधिकांश नेताले अब अलमल नगरी छिटो निर्णय गर्न नेतृत्वलाई दबाब दिएका थिए।
बैठकपछि नेता मीनबहादुर विश्वकर्माले पार्टीभित्र एकताका लागि अन्तिमसम्म प्रयास गर्नुपर्ने, तर त्यो सम्भव नभए नयाँ पार्टी बनाउने सुझाव आएको बताए। ‘लोकतान्त्रिक आन्दोलनको विरासतलाई जोगाउँदै वैकल्पिक शक्ति वा संगठन निर्माण गर्न पनि पछि हट्न नहुने सुझाव आएको छ,’ विश्वकर्माले भने, ‘अधिकांश नेताको साझा धारणा अब ढिलाइ नगरी स्पष्ट निर्णय लिनुपर्ने रहेको छ।’ उनका अनुसार कांग्रेसलाई निरन्तरता दिन सबै नेताहरू एक ठाउँमा उभिनुपर्ने, साझा निर्णय गर्नुपर्ने र आवश्यक परे नयाँ संगठन निर्माण गर्न पनि हिच्किचाउनु नहुने चरणमा छलफल भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)