प्रहरी चौकी बेत्रावतीका असईको शव चितवनमा भेटियो
onlinekhabar.com · Fri Aug 28 11:16:04 GMT 2026

१२ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा परेर बेपत्ता भएका रसुवास्थित प्रहरी चौकी बेत्रावतीका असई रामकाजी पौडेलको शव फेला परेको छ ।
चितवनमा फेला परेको शव असई पौडेलका आफन्तले सनाखत गरेर बुझेको प्रहरीले बताएको छ । १० भदौमा बाढी आएपछि उनी बेपत्ता भएका थिए । सँगैका केही प्रहरीले भने भागेर ज्यान जोगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)