जुम्लाको सिंजामा अविरल वर्षा, अन्नबाली नष्ट
hamrakura.com · Wed Jul 08 00:00:00 GMT 2026
काठमाडौँ । जुम्लाको सिंजा गाउँपालिका–३ धितालिही रोकायाबाडामा गएराति परेको अविरल वर्षाका कारण ठूलो क्षति भएको छ। वर्षाका कारण कृषकहरूले खेतबारीमा लगाएको अन्न, धान, कोदो, सिमी लगायतका विभिन्न कृषिबाली नष्ट भएको स्थानीयले जनाएका छन्।
वर्षाका कारण कृषिबालीका साथै स्थानीय बासिन्दाका भौतिक संरचनाहरूमा समेत क्षति पुगेको छ। बाढी र पहिरोको जोखिमका बीच प्राकृतिक विपत्तिले पुर्याएको क्षतिको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)