‘सोचेभन्दा राम्रो कथा बनेछ’
nagariknews.nagariknetwork.com · Wed Jul 08 04:35:31 GMT 2026

आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पार्वती’ को हाल धमाधम डबिङ कार्य भइरहेको छ। यसै क्रममा चलचित्रकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन्। डबिङका क्रममा उनले फिल्मको कथा आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको भन्दै खुसी व्यक्त गरिन्। फिल्मको फरक शैली र मन छुने पटकथाले आफ्नो मन छोएको अनुभव समेत उनले साटेकी छन्।
अभिनेत्री दीपाश्रीलाई डबिङ गराइरहेकी यस फिल्मकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारी पनि उत्तिकै उत्साहित देखिएकी छन्। आफूले कल्पना गरेभन्दा राम्रो फिल्म बनिरहेको भन्दै उनले दीपाश्री लगायत सम्पूर्ण टिमप्रति आभार प्रकट गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)