मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन
barnanmedia.com · Wed Jul 08 04:35:28 GMT 2026

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले फोहरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा सङ्कलन भएको फोहरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो ।
एक्याप प्रमुख राजेश गुप्तका अनुसार आव २०८२÷८३ को साउनदेखि असार अन्तिमसम्म जिल्लाका तीन पालिकामा सङ्कलन गरिएको २२ हजार १८९ केजी नकुहिने विभिन्न प्रकारका फोहरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी दिनुभयो । एक्याप प्रमुख गुप्तका अनुसार चालु वर्षको बाह्र महिनामा मुस्ताङमा सङ्कलन भएको फोहरलाई दुई हजार ५८१ बोरामा राखेर पोखरातर्फ निकासी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)