मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन
ratopati.com · Wed Jul 08 04:53:38 GMT 2026

मुस्ताङ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले फोहरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा सङ्कलन भएको फोहरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो ।
एक्याप प्रमुख राजेश गुप्तका अनुसार आव २०८२–८३ को साउनदेखि असार अन्तिमसम्म जिल्लाका तीन पालिकामा सङ्कलन गरिएको २२ हजार १८९ केजी नकुहिने विभिन्न प्रकारका फोहरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी दिनुभयो । एक्याप प्रमुख गुप्तका अनुसार चालु वर्षको बाह्र महिनामा मुस्ताङमा सङ्कलन भएको फोहरलाई दुई हजार ५८१ बोरामा राखेर पोखरातर्फ निकासी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)