के हो एम्बाप्पे र पाराग्वेकी सांसदबीचको विवाद ?
barnanmedia.com · Wed Jul 08 04:58:23 GMT 2026
काठमाडौं । फ्रान्सेली स्टार फुटबलर किलियन एम्बाप्पेले आफूविरुद्ध रंगभेदी टिप्पणी गर्ने पाराग्वेकी महिला सांसदलाई कडा जवाफ दिएका छन् । विश्वकपको अन्तिम–१६ को खेलमा फ्रान्ससँग १–० ले पराजित भएपछि पाराग्वेको ‘अथेन्टिक र्याडिकल लिबरल पार्टी’की सांसद सेलेस्ते अमारियाले सामाजिक सञ्जाल ‘एक्स’मा एम्बाप्पेलाई लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेकी थिइन् । उक्त खेलमा एम्बाप्पेले नै पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए ।
सांसद अमारियाले एम्बाप्पेको क्यामरुनी मूल, उनको बाल्यकाल, रूप–रंग र शिक्षालाई लिएर सामाजिक सञ्जालमा खिल्ली उडाएकी थिइन् । चौतर्फी आलोचना र दबाबपछि उनले ती पोस्ट हटाइन् । र, फ्रान्सेली र स्पेनी भाषामा खुलापत्रमार्फत माफी मागेकी छन् ।