बैतडीमा सर्पको टोकाइबाट बालिकाको मृत्यु
ratopati.com · Fri Aug 28 11:29:52 GMT 2026

बैतडी । बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–४ का लोकेन्द्रबहादुर चन्दकी १२ वर्षीया छोरी सुस्मिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
बिहीबार साँझ करिब ६ बजे घरमै खेलिरहेको अवस्थामा आँगनमा सर्पले टोकेपछि सुस्मिता गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)