मुस्ताङबाट २२ हजार केजी फोहाेर संकलन
shilapatra.com · Wed Jul 08 05:04:00 GMT 2026

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले फाेहाेरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा संकलन भएको फाेहाेरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो ।
एक्याप प्रमुख राजेश गुप्ताका अनुसार आव २०८२/८३ को साउनदेखि असार अन्तिमसम्म जिल्लाका तीन पालिकामा संकलन गरिएको २२ हजार १८९ केजी नकुहिने विभिन्न प्रकारका फाेहाेरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी दिए । एक्याप प्रमुख गुप्ताका अनुसार चालु वर्षको बाह्र महिनामा मुस्ताङमा संकलन भएको फोहाेरलाई दुई हजार ५८१ बोरामा राखेर पोखरातर्फ निकासी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)