डोल्पामा घर फोडेर चोरी गर्ने दुईजना पक्राउ
baahrakhari.com · Fri Aug 28 11:27:48 GMT 2026

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा घर फोडेर चोरी गरेको आरोपमा दुईजनालाई चोरीका सामानसहित पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नगद, गरगहना, मोबाइल फोन, यार्सागुम्बालगायत विभिन्न सामग्री बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार, भदौ ८ गते राति डोल्पोबुद्ध गाउँपालिका–२, कलाङमा बसोबास गर्ने तीनजना व्यक्तिका घरमा कोही नभएको मौका छोपी ताला फोडेर चोरी भएको थियो । घरभित्र रहेको नगद तथा गरगहना चोरी भएको सूचना भदौ ९ गते प्रहरी चौकी धोमा प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)