कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा
nepalnews.com · Wed Jul 08 05:41:45 GMT 2026

कास्की। जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न ‘मनसुन प्रतिकार्य योजना– २०८३’ कार्यान्वयनमा ल्याउने भएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबारको बैठकमा प्रतिकार्य योजना प्रस्तुत गरिएको हो। यो प्रतिकार्य आयोजना जिल्ला समन्वय समिति कास्की र रेडक्रस सोसाइटी जिल्लासँग छलफल गरी थप अध्ययनपछि तीन दिनभित्रमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)