भोटेकोशी बाढीका मृतकप्रति कतारमा नेपाली समुदायद्वारा पुनर्निर्माणमा एकजुट हुन आह्वान
ratopati.com · Tue Sep 08 19:14:44 GMT 2026

कतार । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारले सोमबार साँझ श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
कतारको मुन्तजास्थित गोरखाली रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नेपालीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो । कार्यक्रममा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा अझै बेपत्ता रहेका नागरिकहरूको सकुशल खोजीको कामना समेत गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)