ब्रिज इन्टरनेशनलद्वारा बाढीपीडितलाई ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग
ratopati.com · Fri Aug 28 11:31:40 GMT 2026

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने ब्रान्ड एम्बेसडर रहेको ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले रसुवाको भोटेकोशी क्षेत्रसहित देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले विपद्बाटब्रिज इन्टरनेशनल प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। नेपाली क्रिकेटसँग समेत आफ्नो ब्रान्ड पहिचान जोड्दै आएको ब्रिज इन्टरनेशनलले खेलकुद क्षेत्रका चर्चित खेलाडी सन्दीप लामिछानेलाई ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)