महासंघको आपतकालीन राहतकोषमा कोषाध्यक्ष लकान्द्रीद्वारा ५१ हजार ५११ सहयोग
ajakoartha.com · Fri Aug 28 11:31:00 GMT 2026

काठमाडौं– नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका कोषाध्यक्ष गणेश लकान्द्रीले महासंघद्वारा स्थापित आपतकालीन राहतकोषमा रु ५१ हजार ५११ आर्थिक सहयोग गरेका छन् । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उनले उक्त रकम प्रदान गरेका हुन् ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूले सहयोग अभियान सञ्चालन गरिरहेका छन् । सोही क्रममा महासंघले पनि आपतकालीन राहतकोष स्थापना गरी प्रभावित नागरिकको सहयोगमा जुटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)