केरुङ नाकामा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य तीव्र, छ सयभन्दा बढी उद्धारकर्मी परिचालन
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौं । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) नाकामा गएको विनाशकारी पहिरोपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य शुक्रबारदेखि थप तीव्र पारिएको छ। समयसँग प्रतिस्पर्धा गर्दै उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन्।
चीनको राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनका अनुसार शुक्रबार बिहान १० बजेसम्म कुल ६ सय ८१ जना अग्नि नियन्त्रक तथा उद्धारकर्मी र ११३ वटा सवारी साधन विकट हिमाली क्षेत्रमा पुगेका छन्। यसका साथै ६ हजार ६१२ थान उद्धार उपकरण र आवश्यक बन्दोबस्तीका सामग्री जिरोङ गाउँतर्फ पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)